Logo

समाचार

प्रतिपक्ष दलबाट राम्रो काम गरेको प्रतिक्रिया आएको छ : अध्यक्ष बुढा



रोल्पा । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढाले आफ्नो पालिकामा प्रतिपक्ष दलबाट राम्रो काम गरेको प्रतिक्रिया आएको बताएका छन् । परिवर्तन गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमका अध्यक्ष समेत रहेका बुढा मगरले सो कुरा बताएका हुन् । आफूले बैंक, पालिकाको मेसिन खरिद र बाटो निर्माणमा राम्रो काम गरेको प्रतिक्रिया दिएको समेत बताए ।

सबैको सल्लाह सुझाव प्रतिक्रिया बाट र सबैको सहयोग तथा सहकार्यबाट नमूना गाउँपालिका बनाउन सफल हुने समेत बताए । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य अन्तर्गत परिवर्तन गाउँपालिका–५ राङ्कोटमा निर्माण भएको माउन्टेन बाइक ट्रेकिङको निर्माण उपभोक्ता समितिले भुक्तानी पाएन्न भन्ने जिज्ञासामा आफूले भुक्तानी नभएको स्वीकार गर्दै बुढा मगरले संघीय सरकारले ७० लाख र परिवर्तन गाउँपालिकाले ३० लाख गरि कुल १ करोड बराबर लगानीमा निर्माण भएको समेत बताउदै पालिकामा बजेट नभएको र संघीय सरकारले पनि नपठाएको बताए । साथै पालिकाको विकासका लागि सल्लाह, सुझाव र सहयोग अनुसार अगाडि बढ्ने समेत बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : ४१ बजे