Logo

समाचार

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने



काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। सेतोपाटीसँग मंगलबार कुराकानी गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए।

‘राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा छ, बस्छ। यो सरकारलाई विश्वासको मत दिँदैन,’ उनले भने। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।
सत्ता साझेदार ७ दलसहित एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेका छन् भने नेपाली कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ०३ बजे