Logo

समाचार

परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । पुष २७ गते बुधबार गाउँपालिकाको केन्द्र पुतलाचौरमा मध्याह्न १२ बजे गाउँपालिकाको आफ्नै सभाहलमा गर्न लागेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजिम परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा तर्जुमा गरेका कार्यक्रम, योजना तथा सेवा प्रवाह सम्बन्धमा गाउँपालिका भित्रका सरोकारवालाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले एक सूचना जारी गर्दै जानकारी दिएका छन् । साथै सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भइदिन सबैलाई न्यौपानेको आग्रह छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ०६ बजे