Logo

खेलकुद

ब्राजिललाई क्रोएसियाको चुनौती


२३ मंसिर २०७९, शुक्रबार  

1.1k
Shares

काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ ।
क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ३५ बजे