Logo

Breaking News 1

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउदै



काठमाडौं । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले आज (शुक्रबार) बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ४४ बजे