Logo

खेलकुद

नेपाल र नामिबिया खेल्दै



काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ४१ बजे