Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५७ पैसा र बिक्री दर १३१ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १३७ रूपैयाँ ८७ पैसा र बिक्री दर १३८ रूपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४१ पैसा र बिक्री दर १६१ रूपैयाँ १५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ४४ बजे