Logo

समाचार

यस्तो छ आजको मौसम



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ । राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।

तराई भूभागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ३८ बजे