Logo

अर्थ

सेयर बजार २.१६ अंकले वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार  २.१६ अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचकमा ०.११ प्रतिशतले वृद्धि भएको  हो ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.३० प्रतिशतले वृद्धि भएको  छ ।   ३६ लाख ९४  हजार ८४ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७  लाख  बढीको कारोबार भएको छ ।

यस्तै १९९  कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनीमा ओरालो लागेको र १३ कम्पनी स्थिर रहेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ९.९८ प्रतिशत, ओरियन्टल होटेल्स ६.५७  प्रतिशतले वृद्धि भएको छ । नबिल बैंक १९ करोड ८० लाख बढीको कारोबार भएको र समृद्ध लघुवित्त बित्तिय संस्था ८ करोड ७७ लाख बढीको कारोबार भएको  छ ।

आइतबार  १३ उप सूचकहरूमा ९ कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकहरुमा ओरालो लागेको छ । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै होटेल र पर्यटनमा १.६५ प्रतिशत, जीवन बिमामा करिब २ प्रतिशतले वृद्धि भएको छ र अन्यमा सामान्य वृद्धि भएको छ । साथै ५ उपसूचकहरू ओरालो लागेको  छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ५५ बजे