Logo

प्रविधि

कृत्रिम सूर्यको महत्वपूर्ण काम सम्पन्न : चीन



बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ ।

आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो । बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली  राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ ।

निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब ९ प्रतिशत जुटाएका छन् । २२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २४ बजे