Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ५७ पैसा र बिक्री दर १३६ रूपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५५ पैसा र बिक्री दर १५८ रूपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ०९ बजे