महोत्तरी । महोत्तरी १ को मतगणना अवरुद्ध भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो ।
‘गणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ ।’ जनमत पार्टीका नेताले भने ।
महोत्तरी १ मा कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।
निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलवाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ ।
तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ ।
क्रसमतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछिीसमानुपातिक र प्रत्यक्ष एकसाथ गणाना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
क्षेत्र नक्बर १ ९ख०को मतपरिणाम सार्वजनिक भैइसकेको छ भने (क)तर्फ बर्दिबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।
प्रतिक्रिया