Logo

समाचार

यो चुनावले नेपाली जनतामा एक प्रकारको आशा पलाएको छ : अभियान्ता अधिकारी



काठमाडौं । भ्रष्ट्रचार विरुद्धका सामाजिक अभियान्ता सिद्धर्थ अधिकारीले २०७९ मंसिर ४ को चुनावले नेपाली जनतामा एक प्रकारको आशा पलाएको बताएका छन् । यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रति नेपाली जनताको आकर्षण बढेपछी मंसिर ४ गतेको निर्वाचन निर्वाचन मात्र नभएर देशलाई बिकाश र निकासको रूपमा नेपाली लिएको बताए । उनले भने ‘मंसिर ४ गतेको निर्वाचन निर्वाचन मात्र नभएर देशलाई बिकाश र निकासको रूपमा पनि नेपाली बुबा आमा ,दाजुभाई तथा दिदी बहिनीहरूले लिएनु भएको छ ।’

अभियान्ता अधिकारी लामो समय देखि नेपालमा भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै आइरहेका छन् । अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछी आफ्नो माग पुरा हुने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते रवी लामिछानेले गठन गरेका हुन् । यस पार्टीबाट सात जना प्रतिनिधिसभा सदस्यान निर्वाचि भइसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ४० बजे