Logo

प्रदेश

बारा १ (ख) मा मधेस प्रदेशका सभामुख सरोज यादव पुन: निर्वाचित



बारा । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुन: विजयी भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा  कानुले ११ हजार ४० मत पाए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ३४ बजे