Logo

मुख्य समाचार

रोल्पामा बर्षमान पुन भारी मतले बिजयी



रोल्पा । रोल्पामा एउटा मात्र प्रतिनिधि सभा रहेको छ । जसमा सत्तारूढ गठबन्धनका नेकपा माओवादी केन्द्रका उपमहा–सचीव बर्षमान पुन भारी मतले बिजयी भएका । मंसिर ८ गते बुधबार रात्रि ११ बजे रोल्पा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको थियो । बर्षमान पुनले ४१ हजार ७१४ लिएर भारी मतान्तरले बिजयी भएका हुन् ।

पुनका प्रतिद्वन्दी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मात्र प्राप्त गरेका छन् । बुढामगरलाई २५ हजार २२९ मतको फराकिलो मतान्तरले पछाडी पार्दै बर्षमान पुन रोल्पा प्रतिनिधि सभामा बिजयी हुनु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १९ बजे