Logo

समाचार

रोल्पा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन बिजयी



रोल्पा । रोल्पा प्रदेश सभा क्षेत्र नं.२ (ख) मा स्वतन्त्रका उम्मेदवार दीपेन्द्र कुमार पुन मगर बिजयी भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरि स्वतन्त्र उम्मेदवार दिएका पुनले १४ हजार ९२७ लिएर बिजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका नेपाली कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ प्राप्त गर्दा नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ८ हजार ८०५ प्राप्त गरेका छन् । रोल्पा प्रदेश सभा ‘ख’ मा त्रिपक्ष भिडन्त भएको थियो । स्वतन्त्रका पुनले आफ्ना प्रतिद्वन्दी द्वय नेपाली कांग्रेसका अमरसिंह पुनलाई ४ हजार ५२१ र नेकपा एमालेका घर्तीमगरलाई ६ हजार १२२ मतान्तरले पछाडि पार्दै बिजयी भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ४९ बजे