Logo

खेलकुद

बेल्जियमको विजयी सुरुआत



काठमाडौं । क्यानडालाई १–० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो ।  उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो ।

यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए ।

समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ । क्यानाडाको कुनै अंक छैन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : १९ बजे