Logo

अर्थ

श्रीजनशील लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?


२८ कार्तिक २०७९, सोमबार  

345
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा श्रीजनशील लघुवित्तको खुद नाफा ३२ दशमलब ७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा ७४ दशमलब ४४ प्रतिशतले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९.२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा छ । यसले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ०४ बजे