Logo

गण्डकी प्रदेश

मतदाताको अपेक्षा गाउँको विकास, वाचा पूरा गर्ने पौडेलको प्रतिबद्धता


२५ कार्तिक २०७९, शुक्रबार  

253
Shares

लमजुङ । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट गण्डफी प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिएका भेषबहादुर पौडेल यतिखेर गाउँ गाउँमा पुगेका छन् । उनी मतदातासमक्ष आफ्ना योजना सुनाइरहेका छन् । मतदाता यस्तै योजना आफूलाई चाहिएको प्रतिक्रिया दिइरहेका छन् । यहि मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयले जताततै चर्चा परिचर्चा हुन थालेको छ ।

चोक चोकका चिया पसल देखि मेलापात, पानी–पँधेरा, चियापसल, चोक–चौतारीमा अहिले चुनावकै विषयमा कुरा हुन थालेको छ । यतिखेर सबै पार्टीका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । मतदातासँग भोट माग्न गाउँगाउँका कुना कुनामा पुगेका उम्मेदवारसँग मतदाताको एउटै अपेक्षा छ, गाउँको विकास । गाउँका मतदाता भन्छन्– ‘इमान्दार व्यक्तिलाई जिताउनु पर्छ । यतिखेर सबै नेताहरुको बारेमा बुझिसकेका मतदाता आश्वासन दिएर गाउँ नफर्कने नेतालाई यसपटक मत नदिने विचारमा छन् ।’

एकपटक जितेर गएपछि आफ्नालाई मात्र हेर्ने, अहिले फेरि मैले विगतमा यो गरें र त्यो काम गरें भनेर भन्न आउनेहरुदेखि वाक्क भइसकेको बताउँदै इमान्तार नेतृत्व चुन्नुपर्ने बताउँछन् । बिहीबार गाउँमा मत माग्न पुगेका लोकतान्त्रिक वाम गठबन्धन तर्फका उमेदवार, प्रदेश सभा ‘ख’ का भेष बहादुर पौडेलसँग मतदाताले यही अपेक्षा गरे ।

मतदाताले इमान्दार नेतालाई जिताउन आफूहरु लाग्ने बताए । मतदाताको उत्साहजनक सहभागिताले आफ्नो हौषला बढेको नेता भेषबहादुर पौडेल बताउँछन् । आफूले चुनाव जित्ने कुरामा विश्वस्त रहेका पौडेल आफूले अहिले गरेका वाचा पूरा गर्न हरतरहले लागि पर्ने बताउँछन् ।

भेषबहादुर पौडेल सफल व्यवसायी र समाजसेवी हुन् । बैंक, हाइड्रो, शैक्षिक क्षेत्र, उद्योग वाणिज्य, पर्यटन र युवा क्लव लगायतका क्षेत्रमा आफूले अनुभव प्राप्त गरेको भन्दै उनले ती क्षेत्रमा लाग्दा आफूले विभिन्न व्यक्तिहरुसँग छलफल गरेको र उनीहरुका भावनासँग एकाकार हुन सकेको बताउँछन् ।

लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । उनी माओवादी केन्द्रका महासचिव हुन् । लमजुङको विकास र समृद्धिका लागि आफूले पहिलेदेखि नै काम गर्दै आएको र भावी दिनमा पनि जिल्लामा विकासका गतिविधिलाई अघि बढाउने उनले बताए ।

एमालेबाट प्रतिनिधिसभा चुनावका लागि एमालेका पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन् । उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुन् ।

उम्मेदवारहरूले जिल्लामा चुनावी प्रचारप्रसारमा नेता तथा कार्यकर्ता परिचालन गरेका छन् ।  लोकतान्त्रिक–वाम गठबन्धन र एमालेका उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ०६ बजे