Logo

अर्थ

नबिल फ्लेक्सी क्याप फन्डको बिक्री खुला


२३ कार्तिक २०७९, बुधबार  

345
Shares

काठमाडौं । नबिल इन्भेष्टमेन्टले आज बुधबारदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्दैछ । लगानीकर्ताले यसमा बुधबार कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।

क्यापिटलले ‘नबिल फ्लेक्सी क्याप फन्ड’ नाममा कुल ७ करोड ५० इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।

बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । यसमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर ७ गतेसम्म खुला रहनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : २० बजे