Logo

Breaking News 1

नो नट अगेन !



इतिहास पढ्दा हाम्रो मन कटक्क दुख्छ । भीमसेन थापाले घाँटीमा खुकुरी नशेरेको भय हुन्थ्यो । भीम मल्ललाई दरबारले सत्कार किन गरेन । जङ्गबहादुरले रानीबाट पञ्जापत्रमा शासन नलिएको भए हुन्थ्यो । बहादुर शाह कोपभाजनमा नपरेको भए देश टिष्टा र देहरादून सम्म रहन्थ्यो । महेन्द्र र बीपी अलि बाँचेको भए देश स्वाभिमानी बनिसक्थ्यो । यि कालखण्डका अनिवार्य घटना हुन् । यस्ता घटना तत्काल आलोचित हुँदैनन् । कालान्तरमा इतिहास पाठ बन्छ। तर समयले पश्चाताप करेक्सन गर्न सक्दैन । घटनाको पदचापले आजको परिस्थिति निर्माण गर्दै जान्छ । यी सबै घटना राजनीति दाउपेज र व्यक्तिगत स्वार्थका उत्पादन हुन् । जब पद्धति स्वार्थमा केन्द्रित हुन्छ, यस्ता घटनाले इतिहास र वर्तमानमा मन दुखाइ रहन्छन् । र यी घटनालाई अहिले नो नट अगेन भन्न सकिँदैन ।

हामी जे चाहँदैनौं त्यो मन पराउँदैनौ । जुन चाहन्छौ आफ्नो लागि ठान्छैौ । तर राजनीति सधै वक्र रेखामा हिँड्छ । बक्र रेखा आन्तरिक मात्र हुँदैन । राजनीतिको सबैभन्दा ठूलो कमजोरी यसले समयलाई आफ्नो स्वार्थअनुकूल बुझ्नु‌ हो । यसो हुनु पर्थ्यो, उसो हुनुपर्छ भन्नु यथार्थ होइन । आदर्श हो । आदर्शको परिकल्पना राजनीतिमा दीगो हुँदैन । राजनीति सिद्धान्त दर्शन र विधिबाट चल्छ । जब विधि, दर्शन र सिद्धान्तबाट राजनीति विमुख हुँदै जान्छ त्यसपछि अहिलेको नेपालको अवस्था सुरु हुन्छ ।

नमरुन्जेल पदमा बसिरहनु पर्ने, आफ्नै छोराछोरी र परिवारलाई पद र शक्ति बाँड्नुपर्ने, सम्पत्ति जोड्न राजनीतिलाई व्यवसाय बनाउने, एकआपसको कोपभाजन गरेर शासन गर्ने प्रवृत्ति लोकतन्त्रमा झन् फस्टायो ।

अहिले नो नट अगेनको चर्चा छ । यो लोकतन्त्रले नै दिएको अवसर हो । लोकतन्त्रले भोट गर्ने र नगर्ने सबै अवसर दिन्छ । तर राजनीति सिद्धान्त र दर्शनको मुख्य धेय जनमतलाई शासनमा परिणत गर्नु हो । नेपालको राजनीति अहिले सरल रेखामा छैन । विरासत लिएका दलहरु आफ्नै अकर्मण्यताले थलिएका छन् । सिधा उत्तर दिने साहस कुनै नेता र नेतृत्वमा छैन । नो नट अगेनले राजनीति निरीहतालाई अझ मजबुत बनाउँदै छ । राजनीतिलाई परिवारबाद, नाताबाद र व्यक्तिगत स्वार्थमा उपयोग गर्ने नीतिले जनमत नो नट अगेनमा पुगेकै हो । यो इच्छा पद्धति भन्दापनि व्यक्ति विरुद्धको आग्रह हो ।

नमरुन्जेल पदमा बसिरहनु पर्ने, आफ्नै छोराछोरी र परिवारलाई पद र शक्ति बाँड्नुपर्ने, सम्पत्ति जोड्न राजनीतिलाई व्यवसाय बनाउने, एकआपसको कोपभाजन गरेर शासन गर्ने प्रवृत्ति लोकतन्त्रमा झन् फस्टायो । लोकतन्त्रले निषेधको अवज्ञा गर्छ । तर जनमतको निषेधलाई स्वागत गर्छ । अहिलेको नो नट अगेन राजनीति र लोकतन्त्र प्रतिको अनाकर्षण होइन । राम्रो व्यक्तिको खोजि हो । युवाहरु नीति परिवर्तन होइन असल नेतृत्वको खोजीमा छन् । दोहोरिएका अनुहारहरुबाट कुनै उपलब्धि देखिएन । उहि स्वभाव, धारणा, चरित्र र उस्तै कार्यशैलीले राजनीतिप्रतिको बितृष्णा बढ्यो । अब नयाँ पनको खोजी शासनले गरेको छ । नो नट अगेन बदलिँदो र सुहाउँदो नेतृत्वको माग हो । राजनीति शुद्धीकरण दलले बेलैमा सोचेनन् । पटकपटक मन्त्री र प्रधानमन्त्री हुँदा कुनै नतिजा दिन नसक्नेलाई फेरिपनि पदमा नपुर्याउने जनताको इच्छा लोकतन्त्र विपरित हुँदैन ।

पद दिँदा उमेर र परिस्थितिले स्वीकार नगर्ने आदर्श नेताहरु नेपालमै छन् । भारतमा यस्ता थुप्रै उदाहरण छन । इमान्दार, नैतिकवान, पढेलेखेका, देश विदेश बझेका युवाहरुलाई राजनीतिले किन टाढा राख्यो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सँग हामी एकाकार हुन किन सकेका छैनौ । यसको उही पुरानै ढर्रामा समय ढलेका नेताबाट जवाफ आउँछन् । राजनीतिलाई मियो बनाएर स्वार्थ पूरा गर्नेलाई निषेध गर्नुपर्छ भन्ने मान्यता नो नट अगेन हो। र हुनुपर्छ । यहीकारण हामीलाई लोकतन्त्र चाहिएको हो । दलको नेतृत्वबाट मात्र परिवर्तन आउँछ भन्ने बाध्यता लोकतन्त्रले राख्दैन । बाहिरबाट पनि सम्भावनाको खोजी हुन्छ । अहिले राजनीतिक दल यति स्वार्थी भएकी दलभित्रकै बलियो आवाजलाइ उनीहरु स्वीकार गर्न तयार छैनन् । दलभित्र ब्याक्ती दासत्वकरण जताततै देखिएको छ । यही प्रवृत्तिले नो नट अगेन जन्माएको हो ।

नेपालको राजनीति अहिले सरल रेखामा छैन । विरासत लिएका दलहरु आफ्नै अकर्मण्यताले थलिएका छन् । सिधा उत्तर दिने साहस कुनै नेता र नेतृत्वमा छैन । नो नट अगेनले राजनीति निरीहतालाई अझ मजबुत बनाउँदै छ ।

हामी परिबर्तनको संघारमा छौं । राम्रा र असल चुनिए भने शासनका खराब पनि पारदर्शी हुन सक्छ । नत्र सेतो लाई कालो देख्ने र कालो देख्दादेख्दै रातो भन्ने प्रवृत्ति सुधार हुँदैन । कमसेकम जस्तो छ त्यस्तै भनिदिन नेता अहिले चाहिएको छ । स्थानीय चुनावले संघीय र प्रदेशको चुनावमा ठूलो हलचल पैदा गर्दैछ । यो हलचल आन्तरिक सुधारको लागि राम्रो हो । संकटमा भगवानसँग उभिएर साँचो बोले जस्तै अहिले उम्मेदवारले साँचो बोल्ने बेला छ । ढाँट्नेहरूको चरित्र छताछुल्ल पार्ने मानिश चाहिएको छ । केही यस्ता नेतालाई संसदमा पठाउन सकियो भने शासन पारदर्शी हुँदै जान्छ । यो राजनीति भन्दाबढी शासनमा सुधार गर्ने जनताको इच्छा हो । यसलाई राजनीतिक दलले पूर्वाग्रहमा लिनुहुँदैन । जनताले लोकतन्त्रको विरुद्ध मान्नु हुँदैन । यसैबाट शासनमा शुद्धीकरण हुँदैजान्छ । नो नट अगेन नेपालको सन्दर्भमा आजको आवश्यकता नै हो । सुझबुझका साथ हामीले जन्मतमा लोकतन्त्रको उपयोग गर्नुपर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : २७ बजे