Logo

Breaking News 1

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु


१३ कार्तिक २०७९, आइतबार  

345
Shares

काठमाडौं । गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन् ।

दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ४२ बजे