Logo

Breaking News 1

निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयरहित हुने बताएका छन् । बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले निर्वाचनलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको दाबी गरे ।

साथै उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्नरुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए ।

उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ०३ बजे