Logo

खेलकुद

क्रिकेट: विश्वकपमा दुई खेल



काठमाडौं । आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान पौने १० बजे सुरु हुनेछ ।

दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ । समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो । यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : १३ बजे