Logo

खेलकुद

नापोलीलाई तीन अंकको अग्रता



काठमाडौं । रोमालाई १–० अन्तरले पराजित गर्दै नापोलीले इटालियन सिरी ए मा तीन अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भिक्टोर ओसिमहेनले निर्णायक गोल गरे । ८०औं मिनेटमा भिक्टोरले गरेको गोलमा नापोलीले तीन अंकको अग्रता बनायो ।

घरेलु मैदानमा रोमाले खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन ।

जितसँगै नापोली ११ खेलबाट २९ अंक सहित शीर्षस्थानमा छ । रोमा समान खेलबाट २२ अंक सहित पाँचौ स्थानमा छ । समान खेलबाट २६ अंक रहेको एसि मिलान दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ११ बजे