Logo

खेलकुद

रियल मड्रिडको सहज जित



काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिबार राति सानदार जित निकालेको छ ।

घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ ।

रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३४ बजे