Logo

खेलकुद

चेल्सी र युनाइटेडको बराबरी



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्टानफोर्ड ब्रिजमा ८६औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

खेलपछी चेल्सी २० अंक सहित चौथो स्थानमा छ । १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।

अर्को खेलमा स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३–१ अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ३२ बजे