Logo

Breaking News 1

सत्तागठबनन्धनको चुनावी अभियान सुरु, आज पोखरा र बुटवलमा कार्यक्रम



काठमाडौं । सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पोखरा पुगेका छन् ।

सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो । गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने भएका छन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०६ बजे