Logo

समाचार

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ५५ बजे