Logo

समाचार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरीका १८ वर्षीय किशोर लगायत ४ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ बाट ६ सय मिलिग्राम ब्राउनसुगर र नगद ३२ हजार ४ सय रूपैयाँ सहित सन्तोष लिम्बु समेत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको सन्तोषको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित कैलाली कैलारी गाउँपालिका–११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ४६ बजे