Logo

समाचार

थाहा पाउनुहोस आजको राशिफल


२१ आश्विन २०७९, शुक्रबार  

621
Shares

आजको पात्रो ।   २१ असोज २०७९, शुक्रबार । अक्टोबर महिनाको ७ तारिक २०२२ । आश्विन शुक्ल द्धादशी तिथि, बालव करण, शतभिषा नक्षत्र, गण्ड योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः०० बजे हुनेछ भने सूर्यास्त ५ः४५ मा हुनेछ । शुक्रबारका दिन यात्राका लागि शुभ मानिन्छ । आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । ब्यापारिक कार्यका लागि आजको दिन शुभ रहेको छ । सवारीसाधन खरिद विक्रीका लागि आजको दिन उपयुक्त मानिन्छ । ध्यान, साधनाका लागि समेत आजको दिन उत्तम रहेको छ । आजको दिन ११ः२९ देखि १२ः१५ सम्मका समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ ।

आजको राशिफल ।

मेष (च..चे.चो.ला.लि.लु.ले.लो.अ.) – रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले तपाईको सोचअनुसार काम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.) – व्यापार ब्यबसायमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ । तपाईको आजको दिन नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.क.को.ह.) – परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । तपाईमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु नैं वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो.) -कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घर परिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । त्यसैले आफ्नो नियमित काम बाहेक अन्य काममा त्यति धेरै चासो नदिदा राम्रो हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे.)- परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । विहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो.) – तपाई कैें काम र व्यबहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।

तुला (रा.र.रु.रे.रो.ती.तु.ते.) – आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु वेश हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु.) –  वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे.) – धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको शुरुवात गर्नुहोला ।

मकर (भो.ज.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी.)-  विगतमा तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यबसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नहोला । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द.) – कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने तपाईको लागि आजको दिन त्यस काममा लाग्नुहोला । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) – आजको दिन मनमा प्रसन्नता छाउने छ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । प्रदोष समेत भएकाले साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईको मनमा सकारात्मक उर्जा थपिने छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ३८ बजे