Logo

खेलकुद

लिभरपुलको सहज जित



काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ ।

समूह ए अन्तर्गतको खेलमा लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र मोहम्मह सलाहले समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा एलेक्जेन्डर अर्नोल्डको फ्रिकिक गोलमा लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

समूह ‘ए’ मा लिभरपुल तीन खेलमा दुई जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । लिभरपुल समूहको पहिलो खेलमा नेपोलीसँग ४-१ ले पराजित भएको थियो । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

यता, नेपोलीले आयाक्समाथि ६-१ को फराकिलो जित निकाल्यो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ५६ बजे