Logo

समाचार

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ४६ बजे