Logo

Breaking News 1

प्रतिनिधिसभामा कांग्रेसले ८६ सिट पाउने



काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।

जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम– २, बाजुरा, सुर्खेत– १ र २, दैलेख– २, मुगु, नवलपरासी पश्चिम– २, बर्दिया– १ रहेको छ । दैलेख– १ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

यसैगरी चितवन – १ र २, गोरखा– १, मनाङ, कास्की– १, तनहुँ– १ र २, स्याङ्जा– १ र २, नवलपरासी पूर्व– १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी– १, पाल्पा– १, अर्घाखाँची, रुपन्देही– ३,४ र ५, कपिलबस्तु– २, ३, दाङ– ३ र बाँके– ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम–२, झापा– १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१,२,३ र ६, सुनसरी– २,३ र ४, ओखलढुंगा, उदयपुर– १, सप्तरी –३, ४, सिरहा– १, २ धनुषा– २, ३ र ४ महोत्तरी– २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही–४, बारा– १, पर्सा– ३ र ४, सिन्धुली– १, रसुवा, धादिङ– २, नुवाकोट– २, काठमाडौं– १, १०, ३,४,५,६, भक्तपुर– १ र २, ललितपुर– १, काभ्रे– २ सिन्धुपाल्चोक– २ र मकवानपुर– १ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा– ४ मा जसपा, महोत्तरी– ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ३३ बजे