Logo

मौसम

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान


१३ आश्विन २०७९, बिहिबार  

529
Shares

काठमाडौं । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ४९ बजे