Logo

अर्थ

हिमाल दोलखा हाइड्रो हकप्रद शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने



काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत ९१:०.७५ को अनुपातले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ । सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दाहालले हस्ताक्षर गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ४२ बजे