Logo

विश्व

युुगान्डामा इबोलाका संक्रमण बढ्दै, ५ जनाको मृत्यु



कम्पाला । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ । मध्य युुगान्डाका तीन जिल्लाहरुमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि भएको थियो ।

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ । यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूूहरुलाई सुुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : २९ बजे