Logo

अर्थ

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता


११ आश्विन २०७९, मंगलबार  

552
Shares

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन् ।

सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुवै बैंक १:१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ४६ बजे