Logo

खेलकुद

इटाली फाइनल चरणमा



काठमाडौं । हंगेरीलाई २–० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक–एक गोल गरे ।

२७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे ।

जितसँगै लिग ए समूह ३ बाट इटालीले ६ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो । हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३(३ गोलको बराबरी खेले । जर्मनी तेस्रो स्थानमा रह्यो भने इंग्ल्यान्ड पुछारमा रह्यो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ४१ बजे