Logo

खेलकुद

बेल्जियम र नेदरल्यान्डको जित


७ आश्विन २०७९, शुक्रबार  

644
Shares

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहिवार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् ।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित गर्‍यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे ।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

समूहको अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ५३ बजे