Logo

खेलकुद

युक्रेन स्कटल्यान्डसँग पराजित



काठमाडौं । स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे ।

खेलको ७०औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७औं मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

हारसंगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्यान्ड चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ५६ बजे