Logo

समाचार

खोलामा डुबेर मृत्यु



उदयपुर । अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ ।

खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली पुगेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : १७ बजे