रोल्पा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरको विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदन २०७९ अनुसार रोल्पाको परिवर्तन २ राङ्सीमा रहेको जनसेवा नमूना माध्यमिक विद्यालय पनि समावेश भएको छ । मंगलबार प्रकाश्न गरेको सूचना अनुसार राङ्सीले ८२.७५ अङ्क ल्याइ नेपाल अधिराज्यमा ६०औ स्थान, लुम्बिनी प्रदेशमा तेस्रो र रोल्पा जिल्लाको प्रथम विद्यालय हुन सफल भएको हो ।
यो स्तर सम्म पुर्याउन सहयोग गर्ने सम्पुर्ण शिक्षक स्टाप, विद्यार्थी, अभिभावक, स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा सम्पुर्ण सरोकार वालाहरूमा जनसेवा माविका प्रधानाध्यापक भिम प्रकाश पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिज बहादुर बिक र विद्यालयका प्रशासन प्रमुख लक्ष्मण प्रसाद चौधरीले धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया