Logo

खेलकुद

बार्सिलोना शीर्ष स्थानमा उक्लियो



काठमाडौं । घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।

फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए ।

यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो ।

अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४–१ ले हरायो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ३८ बजे