Logo

खेलकुद

युरोपा लिग: म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित



काठमाडौं । युरोपा लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ ।

बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितसंगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : १८ बजे