Logo

गण्डकी प्रदेश

पोखरामा ब्राउनसुगरसहित एक जना पक्राउ



 

कास्की । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाउथे कदममार्गस्थित खाजा घर सञ्चालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : १० बजे