Logo

समाचार

कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ २ बाट उम्मेदवार बन्न आवेदन



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन् । कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ बाट चुनाव लड्न आवेदन दिएका हुन् ।

तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन् । २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए । भण्डारीले यसपालि तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल केन्द्रीय सदस्य गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गरेका छन् ।

क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ । कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ४७ बजे