Logo

विश्व

हङकङमा पाँच महिनायताकै बढी संक्रमित



हङकङ । हङकङमा एकै दिन ९ हजार ७०८ जनामा कोभिड संक्रमण देखिएको छ । यो पाँच महिनामा सबैभन्दा बढी दैनिक संक्रमित हो । संक्रमितमध्ये १० जना गम्भीर छन् । त्यस्तै भाइरसका कारण एकै दिन १० जनाको मृत्यु भएको छ ।

दैनिक संक्रमितको संख्या १० हजार पुग्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी चुआङ सुक–क्वानले जानकारी दिए । संक्रमितलाई परिवारका सदस्यसँगै आइसोलेसनमा राखिने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : २१ बजे