Logo

खेलकुद

लेवान्डोस्कीमाथि बार्सिलोनाको जित



काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल भाल्लोडोलिडलाई ४–० ले पराजित गरेको छ ।

लेवान्डोस्कीले लगातार दोस्रो खेलमा दुई गोल गर्दा बार्सिलोनाले पनि लिगमा लगातार दोस्रो खेल जितेको हो । यसअघि रियल सोसिडाडलारुई ४–१ ले हराउदै लेवान्डोस्कीले ला लिगामा गोलको खाता खोल्नुका साथै दुई गोल गरेका थिए ।

यस सिजन लगातार दोस्रो जित निकाल्दै अपराजित रहेको बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले २४औं र ६४औं मिनेटमा गोल गरे । यस्तै पेड्रीले ४३औं र र्जि रोवर्टोले इन्जुरी टाइममा गोल गरे ।

बार्सिलोनाका नयाँ खेलाडी जुल्स कोन्डेले यसै खेलबाट ला लिगामा डेब्यु समेत गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : १४ बजे