Logo

खेलकुद

नेपाल र केन्याबीचको तेस्रो खेल आज हुँदै



काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।

पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ४५ बजे